सभामुखका लागि भोलि उम्मेदवारी दर्ता, माघ १२ गते निर्वाचन (चुनावी कार्यतालिकासहित )
काठमाडौ । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सभामुख पदको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सभामुख पदको निर्वाचन आगामी माघ १२ गते ३ बजेलाई निर्धारण गरिएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार माघ ७ गते अर्थात मंगलबार बिहान ११ बजेदेखि २ बजेभित्र सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।
त्यसका लागि प्रतिनिधि सभाको कुनै सदस्यले अर्को कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनि प्रस्तावको सूचना दर्ता गर्नुपर्ने छ ।
त्यसरी निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार सोही दिन अर्थात माघ ७ गते २ः३० भित्र सूची प्रकाशन गरिनेछ ।
त्यस्तै माघ १२ गते प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ । त्यसमा समर्थक सदस्यले समर्थन गर्नुपर्ने छ ।

उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रम अनुसार उम्मेदवारीका प्रसतावकहरुलाई क्रमश निर्णायार्थ प्रस्तुत गरिनेछ । त्यसो गर्दा पहिलो प्रस्तावकले बहुमत प्राप्त गरेमा अर्को उम्मेदवारी प्रस्तुत हुनेछैन । साथै एकजनाको मात्रै प्रस्ताव दर्ता भएमा निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ ।
उपसभामुख शिबमाया तुम्बाहाङ्फेले उपसभामुखको पदबाट राजीनामा दिएपछि सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो । सोमबार बसेको प्रतिनिधिसभाको दोश्रो बैठकको अध्यक्षता गरेका महन्थ ठाकुरले प्रतिनिधिसभा नियमावली २०७५ नियम २११ को उपनियम २ बमोजिम उपसभामुख तुम्बाहाङ्फेले दिएको राजीनामालाई सभा समक्ष पढेर सुनाएका थिए ।
लगत्तै उनले प्रतिनिधिसभा नियमावलीको नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन माघ १२ गतेका लागि निर्धारण गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक गर्न संघीय संसद सचिवालयका महासचिव प्रसाद भट्टराईलाई निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण