प्रदेश ५ : स्वर्गीय शर्मालाई प्रादेशिक सम्मान दिने निर्णय, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय
बुटवल । प्रदेश नम्बर ५ का प्रमुख प्रतिपक्ष दलका नेता बलदेव शर्मा पोखरेललाई प्रदेशिक सम्मान दिइने भएको छ । शर्माको सोमबार दिउँसो निधन भएको थियो ।
सोमबार बसेको प्रदेश ५ को मन्त्रिपरिषद बैठकले शर्माको निधनप्रति शोक प्रस्ताव पारित गर्दै प्रादेशिक सम्मान दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
यस्तै बैठकबाट प्रदेश ५ का २ वटा अस्पताल विकास समितिमा अध्यक्ष र सदस्य मनोनयन गरिएको छ । मन्त्रिपरिषद् बैठकले बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा सूर्य बहादुर भट्टराई र रोल्पा अस्पतालको अध्यक्षमा फविन्द्र आचार्यलाई मनोनयन गरिएको चौधरीले चौधरीले जानकारी दिए ।
यस्तै बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको सदस्य पदमा रिज्ज श्रेष्ठ र रोल्पा अस्पताल विकास समितिको सदस्य निमकुमारी सिंहलाई मनोनयन गरेको छ ।
बैठकले प्रदेश सरकार स्थापना दिवसको अवसरमा गर्न लागेको एक्स्पो कार्यक्रम स्वीकृत गरेको छ । एक्स्पो दाङमा माघ १० गतेदेखि १२ गते सम्म सञ्चालन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
