सभामुखमा अग्निको मात्रै उम्मेदवारी
मङ्गलबार, ०७ माघ २०७६, १५ : २६
काठमाडौ । सभामुख पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी काँग्रेस, राजपा र समाजवादी पार्टी नेपालबाट उम्मेदवारी नपरेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले मंगलबार ११ बजेदेखि २ बजेभित्रको समयमा नेकपा सापाकोटाबाहेक अन्य दलबाट सभामुखमा उम्मेदवारी नपरेको बताए ।
मंगलबार विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिइएको थियो । सभामुख निर्वाचनका लागि माघ १२ गते संसद बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण