विप्लव समूहका कार्यकर्ता भक्तपुरबाट पक्राउ
भक्तपुर । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तालाई भक्तपुरबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सोमबार दिउँसो मध्यपुर ठिमी नगरपालिका–४, नयाँठिमीस्थित चारदोबाटोमा अपरिचित ब्यक्तिले स्थानीय ब्यापारीहरुलाई धाक धम्की दिई जवरजस्ती चन्दा असुली गरी हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा खटिएको टोलीले भुवनसिंह तामाङलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–९ बस्ने वर्ष ४४ का तामाङलाई नियन्त्रणमा लिएको महानगरीय परिसर भक्तपुरले मंगलबार जनाएको हो । पक्राउ परेका तामाङ प्रतिबन्धित नेकपाका कार्यकर्ता रहेको र उनी सिन्धुपाल्चोक जिल्लाको सेक्रेटरी समेत भन्ने बुझिन आएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण