यतिलाई गोकर्ण रिसोर्ट सुम्पेर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गर्यो : प्रदीप पौडेल
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले सामन्तवादी सोचलाई निरन्तरता दिएको आरोप लगाएका छन् । उनले सरकारी जमिन मनपरी ढंगले निजी कम्पनीलाई दिने काम भएको भन्दै आपत्ति पनि जनाए ।
सरकारले गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई दिएको विरोधमा नेपाल विद्यार्थी संघले बुधबार गोकर्ण रिसोर्ट अगाडि गरेको प्रदर्शनमा पौडेलले गोकर्णको जमिन टेण्डर आह्वान नगरी यति होल्डिङ्सलाई दिएर सरकारले भ्रष्टाचारको नमूना प्रदर्शन गरेको बताए ।
यस्तै संविधानसभा सदस्य एवं स्थानीय काँग्रेस नेता दीपकप्रसाद कुइँकेलले सरकारले नयाँ संविधान बनेपछि त्यससँग बाझिएको कानुनहरु संशोधन गर्ने नाममा कसैले थाहा नपाउनेगरी नेपाल ट्रष्ट ऐन संशोधन गरेर यति होल्डिङसलाई गोकर्ण रिसोर्टको जग्गा नियतवश कौडीको भाउमा सुम्पेको बताए ।
नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले कम्युनिष्टहरु कमाउनिष्टमा परिणत भएको आरोप लगाए । उनले त्यसको नेतृत्व बालुवाटारबाट प्रधानमन्त्री केपी ओलीले गरिरहेको पनि दाबी गरे ।
गोकर्ण रिसोटको जग्गा कौडीको मूल्यमा यति होल्डिङलाई सुम्पेर ओलीले यसको प्रमाण पेस गरेको काफ्लेले जिकिर गरे ।
नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य जानुका पन्तको सभापतित्वमा सम्पन्न कोण सभामा काँग्रेस काठमाडौं जिल्ला कोषाध्यक्ष गोविन्द पुडासैनी, नेविसंघका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी, नेताहरु गोपी शिवाकोटी, नवराज त्रिपाठीलगायतले धारणा राखेका थिए ।
गोकर्ण रिसोर्टको जमिन विना प्रतिस्पर्धा यति होल्डिङ्लाई दिने सरकारी निर्णय खारेज नहुन्जेलसम्म नेविसंघले चरणबद्ध आन्दोलन जारी राख्ने नेविसंघ नेता मनिष सिम्खडाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण