मेडिसिटी अस्पतालमा अत्याधुनिक बाल सघन उपचार केन्द्र सञ्चालनमा
बुधबार, ०८ माघ २०७६, १९ : ०३
ललितपुर– नेपाल मेडिसिटी अस्पतालको बाल सघन उपचार केन्द्र अर्थात पी.आइ.सी.यु.को बुधबार उद्घाटन गरिएको छ ।
२४सै घण्टा ७ दिन सञ्चालनमा रहने बालबालिकाकै लागि समर्पित सघन उपचार केन्द्रको अस्पतालका चिकित्सकहरुले रिबन काटेर उद्घाटन गरेका छन् ।
अन्तर्राष्ट्रिय उपचार मापदण्ड अनुसार अहिलेको जनसंख्यालाई मध्यनजर गर्ने हो भने पी.आइ.सी.यु.को धेरै महत्व भएका कारण नेपाल मेडिसिटी अस्पतालले यस किसिमको बाल सघन उपचार कक्षको सञ्चालनमा जोड दिएको अस्पतालका महाप्रबन्धक विजय रिमालले जानकारी गराए ।
बालरोग विशेषज्ञ चिकित्सकहरुको निगरानीमा रहि उपचार गरिने समर्पित सघन कक्षले बालबालिकाको उपचारमा थप टेवा पुग्ने अपेक्षा राखिएको बालरोग विशेषज्ञ डा. आन्या शर्माको छ ।
माघ ८ गते बुधबारबाट शुभारम्भ भएको पी.आइ.सी.यु.मा हालका लागि १० बेडको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण