बाइस दिनदेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा बन्द
हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन् । जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन ।
पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ ।
टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन् । इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए ।
टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल गरिरहेको छ । जिल्ला बाहिर नै प्रविधिमा समस्या आएको जनाउँदै हाल मर्मतको कम भइरहेको टेलिकम शाखाका प्रमुख शिवप्रसाद भट्टराईले बताए ।
जिल्लाको सदरमुकाम सिमकोट लाग्नामा रहेको छोपाखोरमा गत वर्ष जस्तै यस वर्ष पनि समस्या आएको हुन सक्ने उनले आशङ्का गरे । यही माघ १० गतेसम्म मौसम सफा भएमा नेपाली सेना र आफ्ना कर्मचारी मर्मतका लागि पठाइने जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण