काँग्रेस इतर पक्षका नेताहरु शशांक निवासमा भेला
काठमाडौं । काँग्रेस संस्थापन इतर पक्षका नेताहरु महराजगञ्जमा भेला भएका छन् । महराजगञ्जस्थित महामन्त्री शशांक कोइरालानिवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतको सहभागी रहेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले रातोपाटीलाई जनाकारी दिए ।
उनका अनुसार बुधबार साँझ सभापति शेरबहादुर देउवासँगै पार्टीको पछिल्लो विवादबारे भएको छलफलका सम्बन्धमा इतर पक्षले आफू निकट नेताहरुलाई जानकारी गराउन बैठक बोलाइएको हो । विवादित विषयमा भोलि बिहान छलफल अगाडि बढ्ने देउवा निवासमा भएको छलफलमा सहमति भएको थियो । सोहीअनुसार नेताहरु छलफलमा जुटेको देखिन्छ ।
महामन्त्री कोइरालाले देउवासँग भएको कुराहरुमा सबै नेताहरुको राय लिन पौडेललाई भनेपछि महाराजगञ्जमा इतर पक्षका नेताहरु भेला भएका हुन् । यता, महामन्त्री कोइरालाले सभामुखको उम्मेदवारीबारे संसदीय कार्यसमितिले लिएको तथष्ट निर्णयबारे पनि छलफल हुनेछ । उक्त निर्णयप्रति महामन्त्री कोइरालाको विमति रहेको छ । यसमा इतर पक्षले फरक धारणा राख्नुपर्ने उनको भनाइ छ ।
मंगलबार बसेको संसदीय दलको कार्यसमिति बैठकमा उनको सहभागिता थिएन । देउवाले सभामुख उम्मेदवारबारे तटस्थको नीति लिएको विषयमा इतर पक्षले सोधखोज गर्ने तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण