समुद्र प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुनेमा जोड
काठमाडौँ । नेपालका लागि ब्राजिलका राजदूत मेरिया टेरेसा मेसक्युटा पेसोवाले भूपरिवेष्ठित राष्ट्रको समुद्र प्रयोगको अधिकारलाई हनन गर्न नहुने बताउनुभएको छ ।
उहाँले सामुन्द्रिक कानूनअन्तर्गत रहेर खुल्ला समुद्रको प्रयोग गर्न पाउने अधिकारलाई शक्ति सम्पन्न राष्ट्रले रोक लगाउन नहुने जिकिर गर्नुभयो ।
पराराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गरेको ‘भूपरिवेष्ठित राष्ट्रका लागि समुद्र प्रयोगको कानून’ विषयक छलफलमा उहाँले बहुपक्षीय संवादको माध्यमबाट भूपेरिवेष्ठित राष्ट्रका पक्षमा निर्माण भएको कानूनलाई प्रयोगमा लैजानुपर्ने बताउनुभयो । “ठूला र शक्तिसम्पन्न राष्ट्रले मझौला र साना देशलाई समुद्रको पहुँच उपभोग गर्न सहजीकरण गरिदिनुपर्छ”, उहाँले भन्नुभयो ।
ब्राजिलको साओपाउलो विश्वविद्यालयका प्राध्यापक रोड्रिगो फर्नान्डे मोरले समुद्रको अध्ययन, सहकार्य र विभिन्न मुद्दामा जलवायु परिवर्तनका कारण चुनौती थपिएको बताउनुभयो । प्रतिष्ठानका उपकार्यकारी निर्देशक रुपक सापकोटाले संयुक्त राष्ट्र सङ्घको ‘ल अफ सि’लाई कार्यान्वयन गर्न यसप्रकारका कार्यक्रमले टेवा पु¥याउने बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण