माधवनारायण स्वस्थानीका ब्रतालुद्वारा पशुपतिमा स्नान (फोटोफिचर)
माधवनारायण स्वस्थानीका ब्रतालुहरुले शुक्रबार बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन् ।
माधव नारायण मेल भर्नका लागि ब्रतालुहरु बिहिबार साँझ पशुपतिनाथ आएका हुन् । स्वस्थानीका ब्रतालुले उपत्यकाका अन्य नदी तलाउमा पनि यसैगरी पूजापाठ र स्नान गर्ने गर्छन् ।
यो ब्रत पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बस्ने परम्परा रहेको छ ।

माधवनारायणको ब्रत बस्ने ब्रतालुहरुले ब्रत सुरु हुन अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई पनि छुन नहुने र जुत्ता लगाउन नहुने परम्परा रहेको छ ।

यसैगरी पुरुष ब्रतालुहरु शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिने गरी विन्ती गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा रहेको छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण