१५ वर्षीया सुस्तमनस्थितिकी किशोरीलाई रु १० दिएर बलात्कार, फरार अभियुक्त पक्राउ
काठमाडौँ । एक १५ वर्षीया सुस्तमनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।
उच्च अदालत पाटनको २०७५ कात्तिक २७ गतेको फैसलाले २ वर्ष ६ महिनाको कैद सजाय पाएका ओखलढुंगाको सिंहदेवी गाविस घर भइ भक्तपुरको सिपाडोल–६ बस्ने पूर्णबहादुर खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
बिहीबार भक्तपुरको सूर्यबिनायकबाट पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।
प्रहरीका अनुसार ०७२ फागुन २१ गते खड्काले भक्तपुर जगातेकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका ६ स्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए ।
यसैबीच चेकबाउन्स मुद्दामा प्रहरीले कन्चनपुर शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौँको कलंकी बस्ने राजेश बमलाई पनि पक्राउ गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण