सन्तोषको गोलमा च्यासल विजयी
शुक्रबार, १० माघ २०७६, १८ : ३५
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाईज क्लबलाई हराएको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा च्यासलले ब्रिगेडलाई १–० गोलले हरायो । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे ।
सन्तोषले इन्जुरी समयमा गोलगर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाए । डिबक्सभित्र ब्रिगेडका रक्षकको कमजोरीका सन्तोषले उत्कृष्ट गोल गरेका थिए । च्यासलले दोस्रो हाफका थप गोलको अवसर गुमाएको थियो । पहिलो हाफका औसत प्रदर्शन गरेको ब्रिगेड दोस्रो हाफका कमजोर देखियो ।
च्यासलका जापानी खेलाडी नाकामुरा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै च्यासल आठौं स्थानमा उक्लिएको छ । च्यालले आठ खेलबाट नौ अंक बनाएको छ । समान खेलबाट आठ अंक बनाएको ब्रिगेड १० औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण