‘भक्तपुर–नगरकोट सडकको ठेक्का खारेजी मात्र होइन असुलउपर गर्छौ’
नगरकोट । सञ्चार तथा सूचना प्रविधि एवम् शहरी विकास मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अगामी २०७७ सालको बैशाखसम्ममा भक्तपुर–नगरकोटको सडक निर्माण नभए कारवाही गरिने बताएका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजना गरेको दोस्रो नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गदै मन्त्री बाँस्कोटालेले भने ‘बैशाखसम्म सडकको काम पूरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’
‘सार्वजनिक खरिद ऐन दफा (५९) को ७, ८र ९ लगाएर हामी असुलउपर गर्छौं, त्यसको लागि म तपाईंहरुसंग साथमा छु’, मन्त्री बाँस्कोटाले भने । ‘नगरकोटमा विकास गर्नका लागि साँस्कृतिक पर्यटनको अवधाराण समेतलाई साथसाथ लानुपर्ने बेला आएको’ उनको कथन थियो ।
‘एउटा घर बनाउने कुरा होइन, देश बनाउने कुरा भएकाले केही समय लाग्न सक्छ तर त्यसका लागि सबै एक हुनुको विकल्प नभएको’ उनको भनाइ छ । ‘देशलाई सम्झेर काम गर्न वर्तमान सरकार तयार रहेकाे’ उल्लेख गर्दै मन्त्री बाँस्कोटाले भने, ‘२२ वर्ष देश चलाउनेहरुले भत्काएर गए हामी बनाउँदैछौं ।’
‘संस्कृतिको रक्षा गर्दै पर्यटकको स्वागत सके मात्र पर्यटक लठ्ठ हुँदै खर्च गर्दछन् त्यसले नै सुखी नेपाली र सम्वृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने’ मन्त्री बाँस्कोटाले बताए । ‘पर्यावरणलाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई क्रंकिटबाट बचाउन सबैले पहल गर्नुपर्ने’ उनको भनाइ थियो ।
कार्यक्रममा बाग्मती प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि योजनाहरु बनाइरहेको बताए । अर्का सांसद कृष्णलाल भँडेलले नगरकोट भक्तपुर सडक विस्तार कार्य समयमा सम्पन्न नहुदाँ पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताए ।
कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, चाँगुनारायणका सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङ्गलगायतले नगरकोटको विकासका लागि सबैले एक भएर अगाडी बढ्नुुपर्ने धारणन व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण