‘मोदी भारतलाई हिन्दू राष्ट्र बनाउन लागिपरेका छन्’
शनिबार, ११ माघ २०७६, १० : ५७
२
अमेरिकी अर्बपति तथा समाजसेवी जर्ज सोरोसले ड्याभोसमा चलिरहेको ‘वर्ल्ड इकोनोमिक फोरम’को एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरेका छन् ।
सोरोसले मोदी अहिले भारतलाई हिन्दू राष्ट्र बनाउन लागि परेको आरोप लगाए ।
लोकतान्त्रिक रुपबाट चुनिएर आएका नरेन्द्र मोदीले देशलाई हिन्दू राष्ट्रवादी देश बनाउन लाग्नु भारतको लागि एकदम ठूलो झट्का भएको सोरोसले बताए ।
सोरोसले कश्मीरमा प्रतिबन्ध लगाएर मोदीले त्यहाँका मानिसलाई सजाय दिइरहेको र लाखौं मुसलमानको नागरिकता खोस्ने धम्की दिइरहेका बताए ।
भारतको स्वशासित प्रदेश जम्मू–कश्मीरलाई उक्त अधिकार दिएको संविधानको धारा ३७० हटाएको र नयाँ नागरिकता कानून ल्याएको सन्दर्भमा उक्त टिप्पणी गरेका थिए ।
सारोसले भारतको मात्र होइन अमेरिकी र चिनिया नेताको पनि आलोचना गरे र तीनलाई पनि तानाशाही बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण