प्रेमिकासँग विवाह नगर्न एक युवकले नाइट क्लबबाट चोरे स्पीकर
कहिलेकाँही गलत बुझाई निकै घातक बन्न सक्छ । गलत बुझाई जुनसुकै बेला जसको जिन्दगीमा पनि हुनसक्छ । र, यो बुझाईले गर्दा कहिले काहीँ कसैले ठूलै गल्ती पनि गर्न सक्छन् । यस्तै एउटा घटना घटेको छ चीनको शंघाई शहरमा । जुन घटना पढेर तपाईं पनि हाँस्नुहुन्छ ।
उक्त शहरका युवा चानको विवाह उनकी प्रेमिकासँग हुन गइरहेको थियो । चान भने विवाहबाट बच्नको लागि अनेक तरिका अपनाइरहेका थिए । यसैबीच विवाहको केही दिन अगाडि मात्रै उनले नाइटक्लबबाट १७ हजारको स्पीकर चोरे । स्पीकर चोरेपछि उनलाई प्रहरीले पक्राउ गर्यो ।
प्रहरीका अनुसार चानलाई विवाहको केही दिन अगाडि मात्रै आफूलाई प्रेमिकालाई माया नगर्ने कुराको बोध भयो । चानको हातखुट्टा नै काम्यो कि माया नै नलाग्ने प्रेमिकासँग विहे गर्दैछु भन्ने सोचेर । त्यसपछि उनले विवाह रोक्नको लागि कुनै अपराध गर्ने योजना बनाए । र नाइट क्लबको स्पीकर चोरे ।
प्रहरीसँग बयान दिँदै उनले भने, ‘मेरी प्रेमिका मसँग विवाह गर्न चाहान्थिन् । तर म चाहाँदैनथे । त्यसैले मैले चोरी गरेपछि पक्राउ पर्छु भन्ने सोचेर नै चोरेको हुँ । तर यति छिट्टै पक्राउ पर्छु भन्ने लागेको थिएन ।’
प्रहरीले उनले गरेको अपराध सानो भएकाले छिट्टै रिहा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण