कोरोना भाइरस नियन्त्रणका लागि गम्भीर प्रयास गरेको भन्दै ट्रम्पले दिए सीलाई धन्यवाद
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई कोरोनाभाइरस नियन्त्रणका लागि उनको देशले उठाएको कदमको लागि धन्यवाद दिएका छन् ।
‘चीनले कोरोनाभाइरस नियन्त्रण गर्ने धेरै मेहनत गरिरहेको छ,’ ट्रम्पले ट्वीटरमा पोष्ट गरेका छन्, ‘चिनियाँ सरकारको प्रयास र पारदर्शीतालाई धेरै अमेरिका सराहना गर्छ । यसले राम्रो नतिजा देखाउनेछ । विशेषत, अमेरिकी जनताको पक्षबाट म राष्ट्रपति सीलाई धन्यवाद दिन चाहन्छु ।’
विज्ञका अनुसार चीनले कोरोनाभाइरसको प्रकोपविरुद्ध सन् २००२ मा फैलिएको सार्स प्रकोपको समयमा भन्दा बलियो र पारदर्शी कदम चालेको छ ।
रोगलाई नियन्त्रण गर्ने प्रयासमा चीनले शुक्रबार उहानमा एउटा पूर्ण नयाँ हजार बेडको अस्पताल निर्माण सुरु गरेको छ । चीनभर १५ सहरमा यातायात प्रतिबन्ध लगाइएको छ ।

बुधबार एक अन्तरवार्तामा ट्रम्पले भाइरस नियन्त्रणमा आइसकेको हुनसक्ने बताएका थिए । उनले चिनियाँ सरकार रोगलाई लिएर पारदर्शी रहेको विश्वास व्यक्त गरे ।
‘हामीले सम्पूर्ण कुरा नियन्त्रणमा लिएका छौं । सबै राम्रो हुनेछ,’ ट्रम्पले सीएनबीसीका जो करनेनलाई भने ।
शुक्रबार भाइरसको डरका कारण विश्वका कैयौँ स्टक बजारका सूचकमा ह्रास आएको थियो ।
कोरोना भाइरसले विकराल रुप लिँदा संक्रमणका कारण हालसम्म ५६ को मृत्यु भइसकेको छ भने २ हजारमा रोग पहिचान भइसकेको छ ।
स्रोत : https://www.cnbc.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण