झापाको गौरीगञ्जबाट ७० किलो सुर्ती बरामद
आइतबार, १२ माघ २०७६, १५ : २३
झापा । झापाको पश्चिम दक्षिणी भारतीय सीमावर्ती क्षेत्र गौरीगञ्जबाट प्रहरीले ठूलो परिणाममा सुर्ती बरामद गरेको छ । गेउरिया पुल नजिकै साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७० किलो अवैध सुर्ती आज बिहान बरामद गरिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।
गौरीगञ्ज, कोरोबारी, कुञ्जीबारी, महाभारा, शिवगञ्ज, झापा बजारलगायत जिल्लाका पश्चिम दक्षिण भारतीय नाकासँग जोडिने क्षेत्रमा भारतबाट अवैध रुपमा भारी मात्रामा सुर्तीको ओसारपोसार हुने गरेको सूचनाका आधारमा प्रहरीले सीमावर्ती क्षेत्रमा कडाइ गरिएको प्रहरी निरीक्षक भट्टराईले बताए । बरामद गरिएको सुर्ती छोटी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण