नेप्सेमा २१ अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै २१ अङ्कले ओरालो लागेको छ । साताको पहिलो दिन आज नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.१० ले घटेर २७४.६२ मा पुगेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोवार रकममा समेत गिरावट आएको छ ।
कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरिद–बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ १८.४५, व्यापार १६.७३, होटल ३९.८, विकास बैंक २१.३१, जलविद्युत् १८.९६, वित्त १०.६७, निर्जीवन बीमा १५१.७४, उत्पादन २६.०५, अन्य ६.७२, लघुवित्त २६.८१, जीवन बीमा १२४.९९ र सामूहिक लगानी कोष ०.०६ ले घटेको छ ।
नेप्सेका अनुसार कारोवारका आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था शीर्षस्थानमा रहेको छ । सो संस्थाको रु आठ करोड २६ लाख ४६ हजार २७० बराबरको शेयर कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु छ करोड ४५ लाख ४७ हजार ५८४, ग्लाबेल आइएमई बैंक रु छ करोड २९ लाख ६८ हजार ७२५, शिवम् सिमेन्ट रु तीन करोड ३९ हजार ६६३, एनआइसी एशिया रु दुई करोड ९९ लाख ८६ हजार ३०६, प्रभु बैंक रु दुई करोड ९६ लाख ७२ हजार १४४ र गुराँस लाइफ रु दुई करोड ६८ लाख ९० हजार ६१७ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।
नेप्सेका अनुसार जोशी हाइड्रोपार ३.१७, एआइबिएल प्रगति फन्ड २.९२, एनएमबी माइक्रोफाइनान्स २.७१, खानीखोला हाइड्रोपावर १.९६ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले १.८५ प्रतिशतले कमाए । त्यस्तै जानकी फाइनान्स ८.५५, मिथिला लघुवित्त ७.४८, रिडी हाइड्रोपावर ७.३१, सप्तकोशी डेभलपमेन्ट बैंक ६.८० र युनाइटेड इन्सुरेन्सका लगानीकर्ताले ५.१० प्रतिशतले गुमाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण