एफए कपमा सिटीको सानदार जित
आइतबार, १२ माघ २०७६, २२ : २२
एजेन्सी । फुल्हाममाथि सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा आइतबार बेलुका भएको खेलमा सिटीले फुल्हामलाई ४–० गोलले हरायो । एपक्षीय खेलमा सिटीलाई जिताउन इके गुन्डोगानले आठौं मिनेटमा पेनाल्टी मार्फत खाता खोले ।
यसअछि छैटौं मिनेटमा फल खेलेका कारण फुल्हामका टिम रेम रातो कार्ड पाउँदै बाहिरिएका थिए । सिटीले त्यही गल्तीमा पेनाल्टी पाएको थियो । त्यसपछि १० खेलाडीमा समेटिएको फुल्हाममाथि सिटीले लगातार गोलको अवसर बनायो ।
बर्नाडो सिल्भाले १९ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ग्याब्रियल जेससले ७२ औं र ७५ औं मिनेटमा ब्यक्तिगत दुई गोल थप्दै सिटीलाई सहज जित दिलाएका थिए । खेलको सुरुमै १० खेलाडीमा समेटिएको फुल्हामले गोलगर्न लायक अवसर बनाउन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण