सापकोटाविरुद्धको रिटमा न्यायाधीश सपना प्रधान मल्लले सुनुवाई गर्ने
सभामुखमा निर्वाचित भएका अग्निप्रसाद सापकोटाविरुद्धको रिटमाथिको सुनवाई न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छिन् ।
यसअघि आइतबार उक्त रिटमाथिको पेशी तोकिएकोमा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएपछि पेशी स्थगित भएको थियो ।
सापकोटालाई सभामुखमा चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट अब न्यायाधीश सपना प्रधान मल्लको इजलासले सुनुवाई गर्नेछ ।
सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए । पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको थियो । यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।
सापकोटा आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । उनले आजै पद तथा गोपनियताको सपथ लिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण