नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ
सोमबार, १३ माघ २०७६, १० : ३६
१
नेपालबाट भारत तस्करी गर्न लागिएको २१ तोला सुनसहित एकजना पक्राउ परेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सुनसहित २३ वर्षीय दीपक महतो पक्राउ परेका हुन् ।
आइतबार साँझ धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका –४ का महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरीले बा १२ प ५०७६ नम्बरको कारमा राखी भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाका अनुसार १६ लाख २४ हजार ६०६ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बरामद गरिएको हो ।
कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण