‘बैतडीमा अब छाउगोठ छैन’
बैतडी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृहमन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो ।
प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । निर्देनशनपश्चात छाउगोठ रहेनरहेका बारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो ।
छाउ बार्ने चलन कायमै
जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ । यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ । किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ । महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण