न्यूजील्याण्डमा आमचुनाव गर्न प्रधानमन्त्रीको प्रस्ताव
वेलिङ्टन । न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले आगामी सेप्टेम्बरमा आमनिर्वाचन गर्ने घोषणा गरेकी छिन् । प्रधानमन्त्री आर्डनले निर्धारित कार्यतालिकाभन्दा दुई महिना अघि नै चुनाव गर्ने मिति घोषणा गरेकी हुन् । अब न्यूजील्याण्डको आमनिर्वाचन सेप्टेम्बर १९ मा हुनेछ । प्रधानमन्त्री आर्डनले दोस्रो कार्यकालका लागि आफूलाई सशक्त उम्मेदवार रहेको दाबी गरेकी छिन् ।
चुनावको मिति घोषणा गर्दै ३९ वर्षीया प्रधानमन्त्री आर्डनले आफ्नो नेतृत्व र सरकारको वर्तमान नीतिलाई न्यूजील्याण्डका जनताले समर्थन गर्ने विश्वास लिएको बताइन् । अन्तर्राष्ट्रिय रुपमा पनि निकै चर्चित प्रधानमन्त्री आर्डनले क्राइस्टचर्चमा भएको हत्या र ह्वाइट भोल्कानोमा भएको दुःखद घटनालाई संवेदनशील रुपमा सम्हाल्न सफल भएकी थिइन् ।
विदेशमा प्रधानमन्त्री आर्डनको लोकप्रियता कायमै रहे पनि स्वदेशभित्र भएको मतसर्वेक्षणमा कमजोर देखिएकी छिन् । सरकारको महत्वाकाँक्षी किवीबिल्ड परियोजना आशातित रुपमा अघि बढ्न नसकेपछि उनको चर्को आलोचना भइरहेको छ । यस योजना बमोजिम सस्तो लागतमा एक लाख घर निर्माण गर्ने भनिए पनि त्यो लक्ष पूरा हुन सकेको छैन । –एएफपी/Photo: Theguardian
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण