ब्याजदर बढ्दा नेपाल बैंकको नाफा प्रभावित, अब नाफा नघट्ने
काठमाडौं । निक्षेपको ब्याजदर बढाउँदा नेपाल बैंकको नाफा प्रभावित भएको छ । नेपाल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरणमा नेपाल बैंकको खुद नाफा १ अर्ब ३५ करोड रहेको देखिएको छ । यो अघिल्लो वर्षको भन्दा १८.६७ प्रतिशत कम हो । अघिल्लो वर्षको सोही समयमा यो नाफा १ अर्ब ६६ करोड रुपैंया थियो ।
ब्याजदर उच्च रुपमा बढे पनि बैंकको निक्षेपको आकार भने स्थिर छ । अघिल्लो वर्ष ११७ अर्ब २० करोड रहेको निक्षेप यो वर्ष ११७ अर्ब १२ करोडमा सीमित भएको छ । निक्षेप स्थिर रहे पनि बैंकको कर्जाको आकार भने ९२ अर्बबाट बढेर ९८ अर्ब पुगेको छ ।
कर्जाको आकार उल्लेख्य रुपमा बढेका कारण नेपाल बैंकको यो अवधिको ब्याज आम्दानीमा उल्लेख्य रुपमा बढेको छ । यो अवधिमा बैंकको कुल ब्याज आम्दानी ५ अर्ब ७४ करोड रुपैंया पुगेको छ । अघिल्लो वर्ष यो आकार ५ अर्ब रुपैंया मात्रै थियो । निक्षेपको आकार नबढे पनि ब्याज खर्च १ अर्ब ८३ करोडबाट बढेर २ अर्ब ९९ करोड पुगेको पुगेको छ, यो नै बैंको नाफा गिरावटको प्रमुख कारण हो ।
बैंकको पुँजीकोष अनुपात १७.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात २.६६ प्रतिशत, कस्ट अफ फण्ड ५.१९ प्रतिशत, आधार ब्याजदर ७.८२ प्रतिशत र ब्याजदर अन्तर ४.४४ प्रतिशत छ । बैंकले आधार ब्याजदरलाई १ वर्षको अवधिमै सीमा नजिक ल्याएका कारण अब नाफा घटाउनुपर्ने बाध्यता बैंकलाई छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण