सोमालियाको आर्थिक प्रगतिको अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा प्रशंसा
एजेन्सी । आर्थिक सुधारमा देखिएको निरन्तरको प्रगतिले मोगादिसुलाई झण्डै ऋणमुक्त गर्न लागेको भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोषले सोमालियाको प्रशंसा गरेको छ । सोमालियाको सुधार प्रयासका लागि लगानी गरेको कोषले सोमबार साँझ जारी विज्ञप्तिमा भनेको छ, ‘सोमालियाले लागि राजस्व, सार्वजनिक वित्तीय व्यवस्थापन र आर्थिक सुधारका लागि महत्वपूर्ण मानिने भ्रष्टाचारविरोधी कानूनहरू बनाएर आर्थिक सुधारमा प्रगतिका दीर्घकालीन सकारात्मक बाटो तय गरिसकेको छ । सोमालियाले लिएको आर्थिक सुधारको बाटो प्रशंसनीय छ ।’
अलिसन होल्याण्डको नेतृत्वमा कोषको टोलीले गत हप्ता सोमालियाली अधिकारीलाई भेटी आर्थिक विकास र सुधारमा गरेको प्रगतिका बिषयमा छलफल गरेको थियो । सोमालियाको आर्थिक सुधारका लागि भएका निरन्तरका प्रयासले ठूलो ऋणको भार सहँदै आएको मुलुकलाई राहत प्रदान गरेको छ ।
होल्याण्डले भने, ‘सोमालियाको आन्तरिक राजस्व सङ्कलन मजबुत बनेको छ । सन् २०१९ पछि सोमालियाले १९ करोड ४० लाख ६० हजार अमेरिकी डलर आन्तरिक राजस्व सङ्कलन गरेको छ । उक्त रकम राजस्व सङ्कलनका लागि सन् २०१९ को पूरै वर्षका लागि लिएको लक्ष्यसँग करिब बराबर हो । सोमालियाले आन्तरिक राजस्वबाट सन् २०१९ मा कुल १९ करोड ६० लाख अमेरिकी डलर सङ्कलनको लक्ष्य लिएको थियो ।’
सोमालियाले र कोषको प्रतिनिधिमण्डलबीच आगामी तीन बर्षका लागि तयार पारेको बृहत् आर्थिक सुधारको कार्यक्रममा कोषले सहमति जनाएको पनि उनले बताए ।
आगामी कार्यक्रमका लागि सोमालियाले अघि सारेका योजनामा सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ गर्ने, आन्तरिक राजस्व वृद्धिमा निरन्तरता र परिचालनको प्रत्याभूत र केन्द्रीय बैंकको क्षमता र भ्रष्टाचार नियन्त्रणका लागि थप धारणा रहेका र यसले मोगादिशुको आर्थिक उन्नतिको प्रत्याभूति गरेको कोषले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण