क्याबिनेटमा मन्त्रीमाथि कड्किए प्रम : बिदा हुने मन भए मार्गप्रशस्त छ
मिर्गौलाको नियमित डायलाइसिसपछि अघिल्लो सोमबार बसेको अहिलेसम्मकै सबभन्दा लामो (चार घण्टाको) क्याबिनेट बैठकमा प्रधानमन्त्री केपी ओली आफ्ना मन्त्रीहरुप्रति अत्यन्तै आक्रोशित र असन्तुष्ट देखिएका थिए ।
उनले हालैसम्पन्न मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई निरन्तरता दिएर तीन महिनाको ग्रेसमार्क दिइएको बताउँदै बिदा हुन मन भए मार्गप्रशस्त रहेको बताए ।
उनको भनाइ थियो, ‘सरकारको कार्यकाल दुई वर्ष पुग्न लागेको बेला मिडियाले थुप्रै कुरा लेखेका छन् । कतिपय सन्दर्भ आलोचनात्मक, आक्रोशपूर्ण र अतिरञ्जित पनि छन् । तर केही प्रशंग मिलेका पनि छन् । मन्त्रीहरुको कार्यशैली, कार्यसम्पादन, प्रस्तुति चित्त नबुझ्दो भएको कुरामा म पनि सहमत छु ।’
‘कर्मचारीलाई काम लगाउन सकिएको छैन । अब यस्ता कुरा सह्य हुँदैन,’ प्रमले बैठकमा तितो पोखे ।
उनले कड्किएर भने, ‘प्रत्येक मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरिएको छ । अब मलाई देखिनेगरी परिणाम चाहिन्छ । मन्त्री हुने अनि एमसीसीजस्तो परियोजनाको विरोध पनि गर्ने ? यो कुरा सह्य हुँदैन ।’
एमसीसीबारे सरकारको धारणा सार्वजनिक गर्न मन्त्रिपरिषद् कार्यालय या परराष्ट्रको आयोजनामा पत्रकार सम्मेलन गर्ने कुरा थियो । तर, कृषि मन्त्री घनश्याम भुषालले ‘पहिले संसदीय दलमा छलफल गरौँ, आफूभित्रै एकमत कायम गरेपछि पत्रकारसम्मेलन गर्नुनपर्ला’ भन्ने कुरा उठाए ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण