लग्जेम्बर्गका विदेशमन्त्री राजधानीमा
काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण