लग्जेम्बर्गका विदेशमन्त्री राजधानीमा

काठमाडौं । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार उहाँले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
विदेशमन्त्री जिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका सहसचिव निर्मलराज काफ्ले, उक्त मन्त्रालयका उच्च अधिकारी र यहाँस्थित लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेलगायतले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाइभर्सनमा प्रयोग भएको ह्युमपाइपनै बगाएपछि कान्ति लोकपथ पुनः अवरुद्ध
-
ओली र प्रचण्डको भेटवार्तापछि वर्षमानले भने, ‘टीआरसी प्रक्रिया सकारात्मक बढेको पायौँ’
-
भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार
-
कप्तान रियानको शानदार प्रदर्शनका बावजुद १ रनले चुक्यो राजस्थान
-
कांग्रेसले चार भ्रातृसंस्था भंग गर्ने
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने