राष्ट्रिय सभाका समितिमा हेरफेर हुनसक्ने
राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वा्चित भएर आएपछि समितिका सभापति र सदस्यहरू हेरफेर हुनसक्ने भएको हो ।
राष्ट्रिय सभा सदस्यमा नवनिर्वाचित सदस्यहरूको कार्यकाल आउँदो फागुन २१ गतेदेखि सुरु हुँदैछ । निर्वाचित १८ र मनोनीत एक जना गरी १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सुरु भएसँगै समितिमा सभापति र सदस्यहरूको हेरफेर हुनेछ ।
राष्ट्रिय सभा नियमावली, २०७५ मा यस्तो हेरफेरसम्बन्धी व्यवस्था गरिएको छ । प्रत्येक समितिको कार्यावधि दुई वर्षको हुने व्यवस्था गरिएको छ । समितिको कार्या्विधि समाप्त भएमा समितिको सभापति पद रिक्त हुने व्यवस्थासमेत नियमावलीमा गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रत्येक दुई वर्षमा नयाँ सदस्यहरू आउने व्यवस्था भएको हुँदा नयाँ आउने सदस्यहरूको व्यवस्थापनका लागि यस्तो व्यवस्था गरिएको बताए ।
उनले सभापतिबाहेक अन्य सदस्यको कुनै पनि बेला समिति हेरफेर हुनसक्ने जानकारी दिए । आवश्यकता र मागका आधारमा सदस्यहरूको हेरफेर हुने व्यवस्था रहेको छ । यसको अधिकार अध्यक्षमा सुरक्षित रहन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सविता शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण