पूर्वअधिराजकुमारी प्रेरणाले २० दिनभित्र दाइजोबापत पाएको जग्गा खाली गर्नुपर्ने
बिहीबार, १६ माघ २०७६, ०७ : ३६
नेपाल ट्रस्टको नाममा रहेको छाउनीस्थित १५ रोपनी जग्गा पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी देवी सिंहले २० दिनभित्र खाली गर्नुपर्ने भएको छ ।
सिंहले आफूले दाइजोबापत सो जग्गा पाएको दाबी गरे पनि सर्वोच्चले ११ पुस २०७३ मा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की, न्यायाधीशहरु दीपकुमार कार्की र सपना मल्ल प्रधानको पूर्ण इजलासले घर जग्गा दाइजो नठहर्ने फैसला गरेको थियो ।
नेपाल ट्रस्टले सर्वोच्चको फैसला कार्यान्वयन गर्न भन्दै सिंहको नाममा पत्र काटेपछि पुनरावलोकनको माग गर्दै उनले निवेदन दिएकी थिइन् ।
सर्वोच्चबाट भएको फैसला पुनरावलोकनको माग गर्दै निवेदन दिएपछि नेपाल ट्रस्ट केही समय हच्किएको थियो । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण