चीनको सबै इलाकामा कोरोनाभाइरस फैलिएपछि मृतकको संख्या बढ्यो
बिहीबार, १६ माघ २०७६, १० : २८
चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । पछिल्लो समय यो भाइरस तिब्बतमा देखिएसँगै अब यो मेनल्याण्ड चीनको प्रत्येक इलाकामा फैलिएको पुष्टि भएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार २९ जनवरीसम्म ७ हजार ७ सय ११ जनामा यो संक्रमण देखिएको छ ।
उक्त संक्रमण अन्य १६ वटा देशमा पनि फैलिएको छ ।
बिहिबार यो भाइरसलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्ने वा नगर्ने भन्ने विषयमा विश्व स्वास्थ्य संगठनबीच छफलफ हुने बताइएको छ ।
‘पछिल्ला केही दिनमा यो भाइरस मानिसबीच पनि सर्ने थाहा भएपछि यसले ठूलै चिन्ता निम्त्याएको छ,’ बुधबार विश्व स्वास्थ्य संगठनका डिरेक्टर–जनरल तेद्रोस अदहानोम घेब्रेयेससले बताए ।
‘यद्यपि, चीन बाहिर तुलनात्मक रुपमा संक्रमित थोरै छन् तर यो धेरै माझ फैलिने प्रचुर सम्भावना छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
-
अन्तर्राष्ट्रिय अयनोत्सव दिवस आजः सांस्कृतिक सम्पदा र शताब्दीयौँ पुराना परम्पराको एकताको प्रतीक
-
इक्वेडर र कुरासाओबिचको खेल पहिलो हाफमा गोलरहित बराबरी
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति र वरिष्ठ नेताले उद्घाटन गर्ने
-
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो रहला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण