सफा अनुहारको लागि
सुन्दर देखिनको लागि घरेलु उपायहरुको प्रयोग फाइदाजनक मानिन्छ । घरेलु उपायहरुको कुनै पनि दुष्प्रभाव नपर्ने हुँदा यसको प्रयोग डाक्टरको सल्लाहबिना पनि गर्न सकिन्छ ।
कागती
कागतीको रस गुणकारी हुन्छ । यसले अनुहारको रङमा निखारता ल्याउँछ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ । तर यो विधि गरेपछि घाममा जानुहुँदैन ।
बेसार
बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर स्क्रब बनाउने र अनुहारमा लगाएर १० मिनेट राख्ने त्यसपछि पानीले पखाल्ने । यो विधि हप्तामा तीन वा चार पटक गर्ने गर्दा अनुहारको दाग कम गर्ने र छालालाई मुलायम बनाउने काम गर्छ ।
दुध र मह
अनुहारको छाला सुख्खा र खस्र्रो छ भने दुध र मह मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने त्यसपछि हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गर्ने यसले अनुहारको सुख्खापन हराउँदै जान्छ ।
मेवा
मेवा पिसेर त्यसको पेस्ट अनुहारमा लगाएको २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ ।
टमाटर र कागतीको रस
टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण