पलाता गाउँपालिकाले ‘गाउँ यातायात’ सञ्चालन गर्ने
कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिकाले गाउँ यातायात सेवा शुरु गर्न लागेको छ । गाउँपालिकाले आफ्ना गाउँपालिकावासीलाई सस्तो भाडादरमा सहज सुविधा दिन गाउँ यातायात सेवा शुरु गर्न लागेको हो ।
चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो गाउँसभाबाट गाउँ यातायात सञ्चालनका लागि रु एक करोड ५० लाख बजेट विनियोजन गरिएको थियो । गाउँ यातायात सञ्चालनका लागि चारवटा गाडी खरिद गरिसकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘गाउँवासीको सहज सेवाका लागि गाउँ यातायात सञ्चालन गर्न लागेका छौँ’, उनले भने, ‘त्यसका लागि चार वटा सार्वजनिक यातायात बस खरिद गरेका छौँ ।’
गाउँपालिकाले पलाताभित्र सार्वजनिक यातायात शुरु गरी भौतिक पूर्वाधार तथा यातायात सञ्चालन हुने यातायात प्रणालीलाई सरल, सहज, पहुँचयोग्य, यात्रुमैत्री, विश्वसनीय र सुरक्षित बनाउन एकीकृत यातायात प्रणालीको व्यवस्थापन तथा यातायातको विस्तार गर्न लागेको गाउँपालिका अध्यक्ष बमले बताए ।
‘यातायातसम्बन्धी नीति, अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, सञ्चालन तथा व्यवस्थापन गर्ने, सूचना प्रणालीको विकास, गाउँपालिकाले एकीकृत यातायात प्रणालीको विकास गरी सञ्चालन गर्ने व्यवस्था गरेको छ’, उनले भने ।
आउँदो फागुन १ गतेदेखि गाउँ यातायात सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । अध्यक्ष बमले भने, ‘रुट निर्धारण गर्ने, सार्वजनिक यातायातका साधनबीच सूचना प्रविधिमा आधारित एकीकृत र नगदविहीन प्रणालीको विकास गरी कार्यान्वयन गराइने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई