नेपालमा प्रतिबन्ध लगाएपछि भारतमा पाम आयलको मूल्यवृद्धि
नेपाल सरकारले प्रशोधित पाम आयलको प्रतिबन्ध खुलाउने पहल जारी राखेको छ । प्रतिबन्ध खुलाउन आग्रहसहित भारतलाई पत्र पठाएको केही दिनमै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालका लागि भारतीय कार्यवाहक राजदूत अजय कुमारसँग पनि छलफल गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगडसहित मन्त्रालयका प्रतिनिधिले बुधवार कार्यवाहक राजदूतसँग प्रतिबन्ध खुलाउने पहल गरिदिन अनुरोध गरेका हुन् । आर्थिक अभियानसँग कुरा गर्दै राज्यमन्त्री मोती दुगडले पाम आयलको प्रतिबन्ध खुलाउन भारतीय कार्यवाहक राजदूतसँग आग्रह गरिएको पुष्टि गरे ।
वार्तामा भारतले पाम आयलमा प्रतिबन्ध लगाउँदा नेपाललाई परेको असर र भारतमा पनि परेको प्रभावबारे राजदूत समक्ष जानकारी गराइएको थियो । पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि भारतमा पनि यसको मूल्यवृद्धि हुुँदै गएको बताइएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण