शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

पाम आयलको निर्यात खुलाउन कार्यवाहक भारतीय राजदूतसँग छलफल

शुक्रबार, १७ माघ २०७६, ०६ : ५२
शुक्रबार, १७ माघ २०७६

पाम आयल निर्यातमा भारतले लगाएको प्रतिबन्ध फुकुवाका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल सुरु गरेको छ । नेपालका लागि कार्यावाहक भारतीय राजदूत अजय कुमारसँग मन्त्रालयले बिहीबार पाम आयल निर्यात गर्ने विषयमा छलफल गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, राज्यमन्त्री मोती दुगड र मन्त्रालयका पदाधिकारीबीचमा छलफल भएको हो ।

मन्त्रालयका सहसचिव नवराज ढकालले पाम आयलको निर्यात खुलाउने विषयमा छलफल भएको जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय कानून बमोजिम नै भारततर्फ पाम आयल निर्यात गरिरहेको उनले जानकारी दिए ।

छलफलमा स्वदेशी उद्योगले निर्यात गर्ने पाम आयल बल्कका रुपमा नभइ सानो परिणामको प्याकेट र ३५ प्रतिशत मूल्य अभिवृद्धि गरी किासी गर्दै आएको भारतीय पक्षलाई जानकारी गराइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार भारतीय पक्षले यो विषयमा अध्ययन गरिरहेको छ ।

आजको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप