चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा अन्योलमा
राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ ।
यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ ।
प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह नगरी निर्णय गर्न नमिल्ने भएकाले झन् समस्या देखिएको छ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नियमावली पास नहुँदा परीक्षा चलाउन समस्या पर्ने बताउँदै भने, ‘परीक्षाको तयारी सुरु गरिसकेको छौँ, नियमावली पास हुनासाथ परीक्षा लिने बाटो खुला हुनेछ ।’
आयोगका सदस्य सचिव डा. हरि लम्सालले पनि समयमै नियमावली पारित हुने दाबी गर्दै इन्ट्रान्स परीक्षा लिने तयारी भइरहेको बताए ।
आयोगले गत साल फागनु १० गते ऐन ल्याएको थियो । उक्त ऐन आएको ६ महिनापछि प्राडा गिरी उपाध्यक्षमा नियुक्त भएका थिए ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण