विभिन्न स्थानबाट ११ जुवाडे समातिए
शुक्रबार, १७ माघ २०७६, १२ : २९
काठमाडौं । ललितपुर महानगरपालिका-३ झम्सीखेलबाट ६ जुवाडे पक्राउ परेका छन् । द वर्गर हाउसमा जुवातास खेलिरहेको अवस्थामा वर्गर हाउसका संचालक ३७ वर्षीय तेज बहादुर तामाङ लगायत ६ जनालाई नगद ३ लाख ७० हजार रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१८ नवलपुर बस्ने मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका-५ बस्ने ३४ वर्षीय तिलक पुन लगायत ५ जनालाई प्हरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नगद ३७ हजार ५ सय ४० रुपैयाँ बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण