श्रीपञ्चमीमा नेको इन्स्योरेन्सले दियो बालबालिकालाई स्टेशनरी सामान
काठमाडौं– निर्जीवन बिमा कम्पनी नेको इन्स्योरेन्स लिमिटेडले श्रीपञ्चमीको अवसरमा बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।
बिमा बजारमा उत्कृष्ट सेवा पुर्याउँदै आएको कम्पनीले व्यवसाय विस्तार गरेसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
कम्पनीले हालै निर्माण क्षेत्रमा कार्य गर्ने श्रमिकहरुका बालबालिकालाई संरक्षण दिँदै आएको कालोपुल स्थित मालिगाउँ अर्किड गार्डेन नेपालमा रहेका करिब २०० बालबालिकाहरुलाई श्रीपञ्चमीको अवसरमा स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बालबालिकाहरुलाई स्टेशनरी सामान प्रदान गर्नुभएको थियो । अर्किड गार्डेन नेपालका संचालक विना बस्नेतको उपस्थितिमा भएको स्टेशनरी वितरण समारोहको ब्यवस्थापन कम्पनीको ग्राहक सेवा एवं अनसन्धान तथा विकास विभागले गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण