हलेसीका पाँच सय स्थानीयलाई नेपाल मेडिसिटीको निःशुुल्क परामर्श
हलेसी– नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुले खोटाङमा पाँच सय जनाको निःशुुल्क स्वास्थ्य परीक्षण गरेका छन् ।
खोटाङ स्थित प्रसिद्ध हलेसी क्षेत्रमा पर्ने हलेसी तुवाचुुङ न.पा. वडा नं ११, राजापानी, खाम्तेलमा माघ १५ र १६ गते नेपाल मेडिसिटी अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्र, स्त्री तथा प्रसुति र जेनेरल फिजिसियनको टोली स्वास्थ्य परीक्षणमा संलग्न रहेका थिए ।
स्वास्थ्य शिवरमा सामान्य स्वास्थ्य जाँच, स्त्री तथा प्रसुति जाँच र मुटु जाँच गरी विविध स्वास्थ्य समस्याको परामर्श एवं उपचार एकै थलोमा प्रदान गरिएको छ ।
मेडिकल टिममा रहेका अस्पतालका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रका अनुसार उपचारमा सहभागि हुन साना बालबालिकादेखि ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो । खाम्तेल क्षेत्र भौगोलिक रुपमा केहि विकट रहेको र अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको वहाँले बताए । स्त्रीरोग तथा सामान्य समस्याको उपचारका लागि आउने स्थानियको सहभागिता पनि उल्लेख्य रहेको डा. मिश्रले बताए ।
हलेसीका मेयर इबान राई र नेपाल मेडिसिटीका मुटुरोग विशेषज्ञ डा. दिपक मिश्रले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन् । सो कार्यक्रममा डा. दिपक मिश्रले उच्च रत्तचाप, हृदयघात र र्हुमाटिक हार्ट डिजिजका बारेमा स्थानीयलाई जानकारी गराएका थिए ।
राजधानीबाट टाढा रहेको हलेसी क्षेत्रमा स्वास्थ्य टोली गई सेवा प्रदान गर्न पाएकोमा अस्पतालका महाप्रबन्धक विजय रिमालले खुशी व्यक्त गरे । उनले भविष्यमा पनि यस क्षेत्रमा यस किसिमका कार्यक्रमलाई निरन्तरता दिन अस्पताल तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण