पुल्चोक क्याम्पस परिसरमा रोबोटहरुबीच प्रतिस्पर्धा, तस्बिरमा हेर्नुहोस्
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले स्थापना गरेको संस्था ‘लोकस’को आयोजनामा उक्त क्याम्पस परिसरमा ‘रोबोवार्ज’ प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा रोबोटहरुबीच प्रतिस्पर्धा गराइन्छ । प्रतिस्पर्धामा बढी अंक ल्याउने रोबोटलाई विजयी घोषणा गरिने कार्यक्रमका को–अर्डिनेटर किरण ढकालले बताए ।
प्रतियोगिताका लागि निश्चित नियमहरु बनाइएको छ, जसको पालना गर्दै रोबोटबीच प्रतिश्पर्धा हुने गर्दछ ।
प्रतियोगितामा सहभागी हुनका लागि रोबोटको मापदण्ड पनि निर्धारण गरिएको छ । रोबोट ५०÷५० सेमी आकारभन्दा ठूलो हुन नहुने, बढीमा १५ केजी वजन भएको हुनुपर्ने प्रावधान छ ।
विद्यार्थीहरु तथा व्यावसायिक दक्ष व्यक्तिहरुले बनाएको रोबोट उक्त प्रतियोगितामा सहभागी गराइएको छ ।
प्रत्येक वर्ष यस प्रकारको प्रतियोगिता आयोजना गरिएको र यो १७ औँ संस्करण भएको आयोजकले जनाएका छन् ।
तस्बिरहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको घरबाट उद्धार गरिएकी बालिकाबारे सर्वोच्च अदालतको फैसलामा के छ ? (पूर्णपाठसहित)
-
सेती नदीमा अज्ञात पुरूषको शव फेला
-
नेपालमा पहिलोपटक रोयल टुलिप होटल उद्घाटन, दक्षिण एसियामा लुभ्र समूहको उपस्थिति विस्तार
-
श्रेष्ठको कृति 'प्राग् इतिहासः आदिम सभ्यता' सार्वजनिक
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप