पुल्चोक क्याम्पस परिसरमा रोबोटहरुबीच प्रतिस्पर्धा, तस्बिरमा हेर्नुहोस्
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले स्थापना गरेको संस्था ‘लोकस’को आयोजनामा उक्त क्याम्पस परिसरमा ‘रोबोवार्ज’ प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा रोबोटहरुबीच प्रतिस्पर्धा गराइन्छ । प्रतिस्पर्धामा बढी अंक ल्याउने रोबोटलाई विजयी घोषणा गरिने कार्यक्रमका को–अर्डिनेटर किरण ढकालले बताए ।
प्रतियोगिताका लागि निश्चित नियमहरु बनाइएको छ, जसको पालना गर्दै रोबोटबीच प्रतिश्पर्धा हुने गर्दछ ।
प्रतियोगितामा सहभागी हुनका लागि रोबोटको मापदण्ड पनि निर्धारण गरिएको छ । रोबोट ५०÷५० सेमी आकारभन्दा ठूलो हुन नहुने, बढीमा १५ केजी वजन भएको हुनुपर्ने प्रावधान छ ।
विद्यार्थीहरु तथा व्यावसायिक दक्ष व्यक्तिहरुले बनाएको रोबोट उक्त प्रतियोगितामा सहभागी गराइएको छ ।
प्रत्येक वर्ष यस प्रकारको प्रतियोगिता आयोजना गरिएको र यो १७ औँ संस्करण भएको आयोजकले जनाएका छन् ।
तस्बिरहरु : सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण