‘दार्चुलामा छाउगोठ छैन’
जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउपडी भए पनि छाउगोठ नभएको जनाएको छ । गृह मन्त्रालयले छाउगोठ भत्काउन दिएको निर्देशनपश्चात छाउपडी प्रथा उन्मूलन सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि गरेको सर्वेक्षणमा छाउगोठ नभएको जनाएको हो ।
छाउगोठ सम्बन्धमा जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा प्रहरीले निरीक्षण गरी छाउगोठ नभएको पाइएको जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ । जिल्लाका सबै २५ प्रहरी युनिटमार्फत छाउगोठको अवस्थाबारे निरीक्षण गरिएको थियो भने स्थानीय तहलाई समेत छाउगोठको अवस्थाबारे पत्राचार गरिएको थियो । जिल्लाभरि कुनै पनि स्थानीय तहमा परम्परागत छाउगोठ नरहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए ।
जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ । छाउपडी गोठका बारेमा कहीँबाट उजुरी आए अथवा छाउपडीबारे विभेद गरेको पाइएमा छाउपडी उन्मूलन अभियानलाई कडाइका साथ कार्यान्वय गरिने बैठकले निर्णय गरेको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, निमित्त जिल्ला न्यायाधिवक्ता गोविन्दबहादुर चन्द र प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीको सहभागिता थियो ।
जिल्लामा महिनावारी भएको बेला दूध–दहीसमेत खान नहुने कुप्रथा छ । जिल्लाको लेकम, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिका क्षेत्रमा छाउपडी कुप्रथा बढी छ । यहाँका किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास छ । महिनावारी भएका बेला चार÷पाँच दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध–दही खान नदिने तथा मन्दिर भएर गए देवता रिसाउँछन् भन्ने अवस्था भने विद्यमान रहेको लेकम गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण