अकुपाई टुँडिखेल अभियानः तीन महिनामा के–के भए ?
काठमाडौँ । शनिबार अकुपाई टुँडिखेल अभियान अन्तर्गत विगत तीन महिनामा भएका प्रगतिहरुको बारेमा जानकारी दिइएको छ ।
विगत तीन महिनामा भएका उपलब्धि र अब अभियानले गर्ने कार्यक्रमहरुको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको थियो । अभियानका प्रवक्ता संजय अधिकारीले अभियान सुरु गरेको तीन महिना बितेपनि सोचेजस्तो प्रगति हुन नसकेको बताए । आगामी हप्ता महानगरपालिकाको कार्यालमा गएर अनुगमन प्रतिवेदन कार्यान्वयका लागि दबाव दिने, वन तथा वातावरण मन्त्रालयम गएर टुंडिखेललाई संरक्षित क्षेत्र घोषणा गराउने लगायतका कार्यक्रम गरिने उनले बताए ।
मानवअधिकारकर्मी कपिल श्रेष्ठले विपि कोइरालादेखि पुष्पकमल दाहालसम्मको सभा हुँदा रत्नपार्कदेखि वीर अस्पतालसम्म जनताहरु हुने भएपनि अहिले सबै ठाउँ अतिक्रमणमा पर्दै गएको बताए ।
वीर अस्पतालका पूर्व निर्देशक भूपेन्द्र बस्नेतले २०७२ सालमा भूकम्पको समयमा धेरैको आश्रयस्थत टुंडिखेल भएपनि अहिले त्यस्तो अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरे ।
अभियानले अपलब्धिका रुपमा खुला ठाउँको पक्षमा जनमत निर्माण भएको, स्थानीय सरकारलाई उत्तरदायी बनाउने प्रयास भएको र वीर अस्पतालको भवन निर्माणको क्रममा राखिएका सामाग्री तथा कामदारको वासस्थान सो सरोकारवालासँगको सहकार्यमा हटाउन सुरु गरिएकोलाई लिएको छ । अभियानले प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण