बार्सिलोनामाथि रियलको ६ अंकको अग्रता
शनिबार, १८ माघ २०७६, २३ : ०२
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले बार्सिलोनामाथि ६ अंकको अग्रता लिएको छ । लिग अन्तर्गत शनिबार साँझ भएको खेलमा रियलले एट्लेटिको म्याड्रिडलाई १–० गोलले हरायो । घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि खेलमा रियलले दोस्रो हाफमा निर्णायक गोल गरेको हो ।
रियलको जितमा करिम वेन्जेमाले ५६ औं मिनेटमा गोल गरे । उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए । यस जितसँगै रियल म्याड्रिडले शीर्षस्थान थप बलियो बनाएको छ । रियलको २२ खेलबाट ४९ अंक छ । दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनाको २१ खेलमा ४३ अंक छ । एट्लेटिकोको ३६ अंक सहित पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण