बालुवाटारको रात्रिभोजमा थरिथरिका परिकार (मेन्यूसहित)
काठमाडौंँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोज दिइएको छ ।
आइतबार नेकपाको केन्द्रीय समिति बैठक समापनपछि उनीहरलाई रात्रिभोज दिइएको हो । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा माघ १५ गतेदेखि सुरु भएको बैठक आज अपराह्न सम्पन्न भएको थियो ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रिभोज दिएका हुन् ।
प्रधानमन्त्री निवास नजिकै रहको खुला स्थानमा पाल टाँगेर कुर्सी राखेर रात्रिभोजको व्यवस्था मिलाइएको छ ।
भोजको मेन्यूमा पुलाउ, बटरमसला दाल फ्राई, चिकेन, मटन, फिसलगायत राखिएको छ । त्यस्तै लप्सीको अचार, आलुको अचार, उसिनेको मकै, गाँजर, दही, हलुवा, रसवरी राखिएको छ । सलादमा काँक्रो, खर्बुजा, मेवा रहेको छ । कार्यक्रमस्थलमा राष्ट्र भक्तिपूर्ण गीत गुञ्जिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण




