शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको रात्रिभोजमा थरिथरिका परिकार (मेन्यूसहित)

आइतबार, १९ माघ २०७६, २० : ४७
आइतबार, १९ माघ २०७६

काठमाडौंँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा रात्रिभोज दिइएको छ ।

आइतबार नेकपाको केन्द्रीय समिति बैठक समापनपछि उनीहरलाई रात्रिभोज दिइएको हो । काठमाडौंस्थित राष्ट्रियसभा गृहमा माघ १५ गतेदेखि सुरु भएको बैठक आज अपराह्न सम्पन्न भएको थियो ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रिभोज दिएका हुन् ।

प्रधानमन्त्री निवास नजिकै रहको खुला स्थानमा पाल टाँगेर कुर्सी राखेर रात्रिभोजको व्यवस्था मिलाइएको छ ।

भोजको मेन्यूमा पुलाउ, बटरमसला दाल फ्राई, चिकेन, मटन, फिसलगायत राखिएको छ । त्यस्तै लप्सीको अचार, आलुको अचार, उसिनेको मकै, गाँजर, दही, हलुवा, रसवरी राखिएको छ ।  सलादमा काँक्रो, खर्बुजा, मेवा रहेको छ । कार्यक्रमस्थलमा राष्ट्र भक्तिपूर्ण गीत गुञ्जिएको छ ।  

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप