बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबाट बच्न चीनले जारी गर्‍यो नयाँ निर्देशन

आइतबार, १९ माघ २०७६, २३ : ५९
आइतबार, १९ माघ २०७६

एजेन्सी । तीव्र रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्न चीनले नयाँ निर्देशन जारी गरेको छ । चीनले आइतबार एक निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नको लागि दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार अब कोराना भाइरसका कारण मृत्यु भएकाहरुका आफन्तले मृतक अन्तिम दर्शन पनि गर्न पनि नपाउने दिर्नेशन जारी गरेको छ ।

चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार अब त्यहाँको प्रशासनले अन्तिम दर्शन कार्यक्रम जस्ता परम्परालाई पनि प्रतिबन्ध लगाएको छ।  चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग, नागरिक मामिला मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘शवहरुको दाहसंस्कार  शवदाह गृह नजिकैको ठाउँमा गर्नुपर्छ।’

कोरोना भाइरसको कारण मर्नेहरूको शव एक क्षेत्रबाट अर्को क्षेत्रमा सार्न सकिदैन। न त ती मृत शरीरहरू गाड्न सकिन्छ न त तिनीहरूलाई अन्य तरिकाहरूद्वारा सुरक्षित गर्न सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार त्यस्ता शवलाई स्वास्थ्यकर्मीहरूले सिल ब्यागमा राख्ने गरेका छन् ।  स्मरण रहोस् यो रोगबाट चीनमा ३ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने विश्वभरिमा १४,५०० भन्दा बढीलाई संक्रमित बनाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप