कोरोना भाइरसबाट बच्न चीनले जारी गर्यो नयाँ निर्देशन
एजेन्सी । तीव्र रूपमा फैलिँदै गएको कोरोना भाइरसबाट बच्न चीनले नयाँ निर्देशन जारी गरेको छ । चीनले आइतबार एक निर्देशन जारी गर्दै कोरोना भाइरसको संक्रमण रोक्नको लागि दाहसंस्कारमाथि प्रतिबन्ध लगाएको हो । सरकारले जारी गरेको निर्देशन अनुसार अब कोराना भाइरसका कारण मृत्यु भएकाहरुका आफन्तले मृतक अन्तिम दर्शन पनि गर्न पनि नपाउने दिर्नेशन जारी गरेको छ ।
चिनियाँ सञ्चारमाध्यामहरुका अनुसार अब त्यहाँको प्रशासनले अन्तिम दर्शन कार्यक्रम जस्ता परम्परालाई पनि प्रतिबन्ध लगाएको छ। चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोग, नागरिक मामिला मन्त्रालय र सार्वजनिक सुरक्षा मन्त्रालयले जारी गरेको निर्देशनमा भनिएको छ, ‘शवहरुको दाहसंस्कार शवदाह गृह नजिकैको ठाउँमा गर्नुपर्छ।’
कोरोना भाइरसको कारण मर्नेहरूको शव एक क्षेत्रबाट अर्को क्षेत्रमा सार्न सकिदैन। न त ती मृत शरीरहरू गाड्न सकिन्छ न त तिनीहरूलाई अन्य तरिकाहरूद्वारा सुरक्षित गर्न सकिन्छ । समाचार एजेन्सीहरुका अनुसार त्यस्ता शवलाई स्वास्थ्यकर्मीहरूले सिल ब्यागमा राख्ने गरेका छन् । स्मरण रहोस् यो रोगबाट चीनमा ३ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने विश्वभरिमा १४,५०० भन्दा बढीलाई संक्रमित बनाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण