ब्रिगेडमाथि जावलाखेलको जित
सोमबार, २० माघ २०७६, १४ : ४२
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार जावलाखेल युथ क्लब विजयी भएको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जाउलाखेलले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) क्लबलाई १–० गोलले हरायो ।
जावलाखेलको जितमा सुजित बुढाथोकीले निर्णायक गोल गरे । सुजितले ३२औं मिनेटमा गरेको गोल नै जावलाखेलका लागि प्रयाप्त बन्यो । बल पोजिसनमा पकड जमाएपनि ब्रिगेडले गोल फर्काउन सकेन ।
जावलाखेलका दिलन लोक्ताम म्यान अफ दी म्याच चुनिए । जावलाखेलको लिगमा यो चौथो जित हो । जितसँगै १० खेलबाट १५ अंक बनाएको जाउलाखेल छैटौं स्थानमा उक्लिएको छ । आठ अंक बनाएको ब्रिगेड ११औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण