स्टिलको मूल्य बढेपछि वाणिज्य विभागले सोध्यो स्पष्टीकरण

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलाम तथा स्टिलको मूल्य बृद्धिको कारण मागेको छ । विभागले नेपाल फलामे डण्डी उत्पादक संघलाई पत्र लेख्दै बजारमा फलाम तथा स्टिलको मूल्य के कारणले बढेको हो कारणसहित जवाफ पठाउन भनेको हो ।
अहिले बजारमा डन्डीको भाउ प्रतिकेजी ८ रुपैंयासम्म बढेको छ भने सिमेन्टको समेत भाऊ ५० रुपैंयासम्म बढेको छ । स्टिल तथा सिमेन्टमा भएको यो मूल्यवृद्धि करिब १० प्रतिशत हो । एकैपटक मूल्य बढाएपछि विभागले त्यसको कारण सोधेको हो ।
उद्योगीहरुले भने कच्चा पदार्थको आयातका कारण त्यसरी मूल्य बढेको बताउँदै आएका छन् । उद्योगीहरुले यसो भनिरहँदा उपभोक्ताकर्मीहरु भने बजारमा सिन्डिकेट गरेर अस्वाभाविक रुपमा मूल्य बढेको आरोप लगाइरहेका छन् । अहिले नेपालमा भारत लगायत देशबाट फलामको ब्लेड आयात गरेर प्रशोधन गरेर बिक्री गर्दै आएका छन् ।
संघका कार्यालय सचिव ज्योति कोइरालाले पत्र प्राप्त भएको पुष्टि गर्दै सबै सदस्यहरुलाई सो पत्रको जानकारी पठाउने बताए । ‘पत्र आएको छ, अब संघका सबै सदस्यहरुलाई म चिठी फरवार्ड गरिदिन्छु, अरु उहाँहरुले नै गर्नुहुन्छ’ – उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै
-
युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का
-
‘परिवर्तन’ निर्माण घोषणा, मुख्य भूमिकामा र सुशीलसँगै अञ्जना