स्टिलको मूल्य बढेपछि वाणिज्य विभागले सोध्यो स्पष्टीकरण
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलाम तथा स्टिलको मूल्य बृद्धिको कारण मागेको छ । विभागले नेपाल फलामे डण्डी उत्पादक संघलाई पत्र लेख्दै बजारमा फलाम तथा स्टिलको मूल्य के कारणले बढेको हो कारणसहित जवाफ पठाउन भनेको हो ।
अहिले बजारमा डन्डीको भाउ प्रतिकेजी ८ रुपैंयासम्म बढेको छ भने सिमेन्टको समेत भाऊ ५० रुपैंयासम्म बढेको छ । स्टिल तथा सिमेन्टमा भएको यो मूल्यवृद्धि करिब १० प्रतिशत हो । एकैपटक मूल्य बढाएपछि विभागले त्यसको कारण सोधेको हो ।
उद्योगीहरुले भने कच्चा पदार्थको आयातका कारण त्यसरी मूल्य बढेको बताउँदै आएका छन् । उद्योगीहरुले यसो भनिरहँदा उपभोक्ताकर्मीहरु भने बजारमा सिन्डिकेट गरेर अस्वाभाविक रुपमा मूल्य बढेको आरोप लगाइरहेका छन् । अहिले नेपालमा भारत लगायत देशबाट फलामको ब्लेड आयात गरेर प्रशोधन गरेर बिक्री गर्दै आएका छन् ।
संघका कार्यालय सचिव ज्योति कोइरालाले पत्र प्राप्त भएको पुष्टि गर्दै सबै सदस्यहरुलाई सो पत्रको जानकारी पठाउने बताए । ‘पत्र आएको छ, अब संघका सबै सदस्यहरुलाई म चिठी फरवार्ड गरिदिन्छु, अरु उहाँहरुले नै गर्नुहुन्छ’ – उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण