सचिव महेश्वर न्यौपानेको गृह मन्त्रालयमा सरुवा
सोमबार, २० माघ २०७६, २१ : ४८
काठमाडौँ । सरकारले महेश्वर न्यौपानेलाई गृह सचिवको रुपमा गृह मन्त्रालयमा सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए ।
गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि न्यौपानेले नै बाजी मारेका हुन् । यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।
हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो ।
आजै राईको मन्त्रालयमा एक कार्यक्रम गरी बिदाइ गरिसकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण