शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सचिव महेश्वर न्यौपानेको गृह मन्त्रालयमा सरुवा

सोमबार, २० माघ २०७६, २१ : ४८
सोमबार, २० माघ २०७६

काठमाडौँ । सरकारले महेश्वर न्यौपानेलाई गृह सचिवको रुपमा गृह मन्त्रालयमा सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई गृह सचिवको रुपमा सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई बताए । यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव थिए । 

गृहसचिवमा अन्य केही सचिवहरुले समेत लबिङ गरेको भएपनि न्यौपानेले नै बाजी मारेका हुन् । यस्तै सरकाले अख्तियारको सचिव भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई बनाउने निर्णय गरेको छ।  

हालका गृहसचिव प्रेम कुमार राईले नियमित अवकाश पाएपछि गृहमा सचिव रिक्त रहेको थियो । 

आजै राईको मन्त्रालयमा एक कार्यक्रम गरी बिदाइ गरिसकिएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप