सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

झापाको चारपानेमा हत्या गरेको अवस्थामा पुरुषको शव फेला

मङ्गलबार, २१ माघ २०७६, १० : ३३
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । 

स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको कुनसक्ने जिल्ला प्रहरी कार्याल्य झापाका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । 

डीएसपी रिजालले भने, ‘अनुहारमा चोट भएको कारण मृतकको  शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीय रविन शर्माले बताए । 

घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप