बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सभामुख र जापानी राजदूतबीच भेटवार्ता

मङ्गलबार, २१ माघ २०७६, १३ : ०१
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् । 

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनसँग भेटवार्ता गरेका हुन् । 

भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । 

विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताए । 

 सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् । सापकोटा माघ १२ गते सभामुखमा निर्वाचित भएका थिए । 

सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुईदेशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप