होचो कलाकार मनोजको सहयोगार्थ ‘सेल्फी किङ्ग’को विशेष ‘शो’ हुने
काठमाडौं । विश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज विकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’ को बिशेष शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिवार अर्थात यही २५ गते फिल्मको विशेष शो आयोजना गर्न लागेको हो ।
बोनम्यारो रोगबाट केही समयदेखि पीडित मनोजको अहिले शो रोगको उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ ।
‘विश्वका होचा कलाकारको छवि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका केन्द्रीय अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको विशेष शो गर्न लागिएको हो ।’
विशेष शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको विशेष शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ । विशेष ‘शो’ कमलपोखरीस्थित सिटी सेन्टरको बिग मुभिजमा विहान ९ बजे राखिएको छ ।
उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजक मोडलिङ संघका अध्यक्ष शाहीले जानकारी दिए । संघले केही समयपछि अमेरिकामा पनि एक सम्मान कार्यक्रमको आयोजना गर्दैछ । जसको घोषणा एक कार्यक्रमका बीच हुनेछ ।
‘सेल्फी किङ्ग’ अभिनेता विपिन कार्कीले हाँस्यकलाकारको भूमिका निर्वाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हाँस्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।
दिनेश राउत र शुभाष थापाको लगानी रहेको फिल्ममा विपिनसंगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण